धरान / रोटरी क्लब अफ धरानले वडा नं ११ सुनौलो वस्तीका गृहिणी महिलाहरुका लागि दिएको तीन महिने प्रौढ कक्षा समापन गरेको छ ।

प्रौढ कक्षाबाट सुनौलो वस्तीका २५ जना महिलाहरु लाभान्वित भएका थिए । 

शिक्षाको महत्व बुझेपछि प्रौढ कक्षाका दुई जना विद्यार्थी साहारा गुरुङ र संगिता परियार शारदा बालिका नमुना मा बि मा कक्षा ५ मा भर्ना भई अध्ययन गर्न थालेका क्लबले जनाएको छ । 

आइतबार भएको  समापन कार्यक्रम रोटरी क्लब अफ धरानका प्रेसिडेन्ट इलेक्ट रोटेरीयन दिनेश श्रेष्ठको अध्यक्षतामा भएको थियो भने वडा अध्यक्ष लोकेन्द्र फागोको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रौढ कक्षामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गर्नुका साथै सबै लाई पाठ्य सामाग्री वितरण गरिएको थियो।

कार्यक्रममा रोटरी क्लब अफ धरानका ए जि  रोटरीयन रोविन श्रेष्ठ लगायत सदस्यहरु, टोल विकास समितिका अध्यक्ष, शारदा बालिका नमुना माध्यमिक बिद्यालयकि सहायक प्रध्यानाध्यापक मैया खड्का, लगायतको उपस्थिति थियो ।

 प्रौढ कक्षाको सहजकर्ता विजेता सिंह गरेकी थिइन। प्रशिक्षार्थीहरुले प्रौढ कक्षामा आफूले धेरै कुरा सिकेको र पुनः कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरेको कार्यक्रम संयोजक सल्मा जोशीले बताइन् ।

 कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ धरानका सचिव रोटेरीयन दिभा श्रेष्ठले गरेकि थिइन ।