धरान / लामो समय देखि बिबादित रहेको नागरिक बिधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणित भएको छ । 

अघिल्लो राष्ट्रपती बिद्यादेबि भण्डारीले प्रामणिकरण नगरी दिएपछी होल्डमा राखिएको थियो । बुधबार बिहान ले राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। 

प्रमाणीकरण गर्नु अघि राष्ट्रपति पाैडेललाइ भारत भ्रमण जानू अघि प्रधानमन्त्री पुष्पकमल दाहालले भेटेका थिए।  भेट लगत्तै राष्ट्रपति पाैडेलले नागरिकता विधेयक पनि प्रमाणीकरण गरेका हुन्। 

 नागरिकता विधेयक राष्ट्रपति पौडेललाई प्रमाणिकरण गर्न सरकारले १२ जेठमा अनुरोध गरेको थियो।