धरान /  नेपाली काङ्ग्रेस सहित जसपा र माओबादी सरकार परिवर्तनको खेलमा लागे पछि कोशी प्रदेशको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रभावित हुने भएको छ । 

असार १ गते सम्ममा नीति तथा कार्यक्रम सहित बजेट पास गर्नु पर्ने संवैधानिक ब्यवस्था छ तर कोशी प्रदेशमा  राजनीतिक अस्थिरता बढ्दै गएको छ ।

जसका कारण बजेट ल्याउने-नल्याउनेबारे सरकार नै अलमलमा देखिएको छ। सरकारले नीति तथा कार्यक्रम तयारी अन्तिम चरणमा पुर्याएका बेला कोशी प्रदेशको मुख्य सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिएपछि सरकारले नीति तथा कार्यक्रम ल्याउन सकेको छैन। 

कोशी प्रदेशको नामाकरणको बिरोध गर्दै पहिचानबादीहरुको आन्दोलनले उग्ररुप लिदै गएपछी सरकार समर्थन फिर्ता हुन थालेको हो ।सरकार अल्पमतमा परेपछि नीति कार्यक्रम सार्वजनिक नगरी प्रदेशसभा बैठक नै अनिश्चितकालका लागि स्थगित गरिएको छ। 

प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतले अल्पमतमा परेपछि नैतिकताका आधारमा सरकार छाड्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दबाब दिइरहेका छन्।