धरान / पुख्र्यौली थलो भोजपुर भै सुनसरी जिल्लामा बसोबास गर्दै आएका भोजपुरेहरुको साझा संगठन भोजपुर सुनसरी सेवा समाजको ९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

पुर्खयौली थलो भोजपुरको सेवा र सद्भावको लागि सहयोग गर्ने उदेश्यले स्थापना भएको समाजको ९ औ वार्षिक साधारण सभाको प्रमुख अथिती कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र कुमार राइ रहनु भएको थियो । 

समाजका अध्यक्ष रेवतीरमण राइको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको साङ्गाठनिक प्रतिवेदन पेश गरिएको थियो । 

वार्षिक साधारण सभाको अवसरमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भोजपुर पुर्खयौली घर भै सुनसरीको विभिन्न पालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुलाइ सम्मान गरेको छ । 

निर्वाचित जनप्रतिनिधिहरुलाइ कार्यक्रमका प्रमुख अथिती पुर्व मुख्यमन्त्री राजेन्द्र राई, सभाध्यक्ष रेवतीरमण राइले संयुक्त रुपमा सम्मान गरेको थियो । 

कार्यक्रममा सुनसरी जिल्लाका २४ जना जनप्रतिनिधिहरु सम्मानित भएका हुन । निर्वाचित मेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुलाई सम्मान गरेको छ ।

राजेन्द्र कट्टेलको शुभकामना मन्तब्य

 २०७० सालमा स्थापना भएको समाजमा ६ सय ५० जना आजिवन सदस्य रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ । 

त्यसै गरि १ वर्ष भित्रमा रक्तदान कार्यक्रम, विभिन्न समयमा एउटौ उदेश्य रहेका संगठनहरु सङ बार्ता गर्दै मर्ज गर्दै सहकार्य अघि बढाइरहेको संस्थाका सचिब भुवन सिंह बस्नेतले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

त्यसै गरि भोजपुर पुर्खयौली घर भै सुनसरीमा बसोबास गरिरहेका आर्थिक अभावको कारण उपचार पाउन नसक्ने हरुलाइ आर्थिक सहयोग गरिरहेको सचिब बस्नेतले जानकारी दिए । 

उनले प्रतिबेदनमा समाजले गर्नु पर्ने भावी योजनाहरु पनि उल्लेख गरेका छन् । 

उनका अनुसार आफ्नै भवन निर्माणको लागि पहल गर्नु पर्ने, आजिवन सदस्य वृद्धिमा जोड दिनु पर्ने, गैर सरकारी महासंघसङ आबद्ध हुने, सामाजिक सेवालाइ निरन्तरता दिनु पर्ने नीति तथा कार्यक्रमहरु पेश गरेका छन् । 

त्यसै गरि समाजका कोषाध्यक्ष पोष्टराज राइले २ लाख ९६ हजार २ सय ८७ रुपैयाको आए ब्यय प्रस्तुत गरेका छन् । कार्यक्रममा पेश गरिएको साङगठनिक र आर्थिक प्रतिबेदन सभाले पास गरेको छ ।