धरान / खानेपानीको चरम अभाव बढ्दै गएकाले समस्या समाधानको स्थानीय सरकारले चाडो भन्दा चाडो पहलकदमी बढाउन माग गर्दै नेकपा एमाले धरान वडा नम्बर १६ कमिटिको विशेष अधिबेशन सम्पन्न भएको छ ।

आज सम्पन्न भएको अधिबेशनले धरान बढ्दै गएको खानेपानी समस्या अघिल्लो वर्षहरुको तुलनामा बिकराल बन्दै गएको निष्कर्ष निकालेको छ । 

भुमिगत पानीको श्रोतलाइ ब्यवस्थापन गर्न नसक्दा धरानमा पानीको हाहाकार भएको निष्कर्ष सहित धरान उपमहानगरपालिकाले खानेपानी समस्याको लागि पहल गर्न अधिबेशनले माग गरेको छ ।

धरान १६ स्थित याख्खा छुम्माको सभाहलमा भएको बिशेष  अधिबेशनले हिरा बहादुर राउतको अध्यक्षतामा ३१ सदस्यिय समिती गठन गरेको छ ।

 समितीको उपाध्यक्षमा तिर्थ कुमारी राई, सचिबमा अजय श्रेस्ठ, उपसचिबद्वयमा अशोक राई र ओसन रहेका छन् । 

त्यसै गरि सदस्यहरुमा प्रज्जल भुजेल, अशिष बान्तवा राई, भगवती रिजाल, भिम गिरि, अमृता राई, तेजमान लिम्बू, भुषण कुमार बिश्वकर्मा, शुष्मा मंग्राती, विवश राना मगर, डिल्ली बहादुर भुजेल, गायत्री मगर, तारादेवी बिश्वकर्मा, 

अनिता श्रेष्ठ, प्रेम शेर्पा, तेज कुमार राई, भिम बहादुर बिक, सुरज श्रेष्ठ, अमृत बहादुर खड्का, पर्शुराम मगर र आकाश तामाङ रहेका छन् । 

उनिहरुलाई अधिबेशनले निर्बिरोध निर्वाचित गरेको हो । बाकी ६ जना सदस्यहरु वडाको भुगोल, लिङ्ग, जातीको आधारमा समितीको पहिलो बैठकले मनोनित गर्ने भएको छ ।

नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा कोशी प्रदेशका संसद बिजय कुमार राइको प्रमुख आतिथ्यतामा भएको अधिबेशनमा पार्टीका प्रदेश कमिटी सदस्य

 सुनसरी जिल्ला कमिटीका सचिवालय सदस्य, धरान उपमहानगर कमिटीका पदाधिकारीहरु सहित स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।