काठमाडौंसंसदको अवरोध हटाउन सभामुख देवराज  घिमिरले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरू भएको छ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ ।

एमालेको अडानका कारण  दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएका थिए ।

सदनको अवरोध हटाउने विषयमा सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई-दुईपटक टेलिफोनमा कुराकानी गरेको सभामुखको सचिवालयले जनाएको छ ।

आइतबार पनि सभामुखले सिंहदरवारमा प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।

प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ। आजको बैठकमा एमाले सांसद टोपबहादुर रायमाझीको निलम्बनको सूचना संसद्मा पढेर सुनाइनेलगायत कार्यसूची रहेको छ।