धरान/  भानुचौक स्थित घण्टाघर काम गर्ने दुई जना ज्यालादारी मजदुरलाई मेयर हर्कराज राई 'साम्पाङ' ले कामबाट निकालेको भनेर आन्दोलनमा रहेका मजदुर संगठनका नेताहरुले घण्टाघरमा तालावन्दी गर्ने क्रममा नगर प्रहरी परिचालित गरेर आन्दोलित मजदुरमाथि धरपकड गरेका हुन् ।

अन्ततः मजदुरहरुले घण्टाघरमा तालावन्दी गरेका छन् । नगरप्रहरीसँगै नेपाल प्रहरी पनि परिचालत रहेको थियो ।

gan

संघर्ष समितीले भोली भानुचौकमा एक घण्टा चक्काजाम गर्ने पनि वताइएको छ ।

घण्टाघर परिसरमा नै आन्दोलन स्वरुप शुक्रबार विहान १० वजेदेखि ११ वजे सम्म एक घण्टा धर्ना कार्मक्रम गरेका दिएका थिए ।

एक साता अघि घण्टाघरमा कार्यरत ज्यालादारी दुई श्रमिकलाई विनाकारण निकालिएको भन्दै विभिन्न ट्रेड युनियनहरुले मेयर  साम्पाङलाई ज्ञापन पत्र बुझाएका थिए ।

दुई दशकदेखि धरानको घण्टाघरमा कार्यरत मजदुरलाई अन्यायपूर्ण तरिकाले धरान उपमहानगर प्रमुख हर्कराज राई 'साम्पाङ' को निर्देशनमा निष्काशन गरिएको भन्दै मजदुरहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए ।gantagar

नौ दिनअघि स्थानीय सरकार प्रमुख साम्पाङलाई निर्णय सच्याउन दिइएको ज्ञापन–पत्रमा कुनै सुनुवाई नगरेपछि धरानमा संयुक्त ट्रेड युनियन महासंघ संघर्ष समितिले आन्दोलन सुरु गरेको हो ।

चेतावनीलाई वेवास्ता गरेपछि बाध्य भएर श्रमिकलाई न्याय दिलाउनको लागि धरानका नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांग्रेसले संयुक्त रुपमा श्रमिकलाई पुर्नबहालीको माग गर्दै आन्दोलन शुरु गरेका हुन ।

स्थापनाकालदेखि नै धरान २ का नरबहादुर लिम्बु र धरान १४ का प्रकाश राई माली तथा चौकीदारको रुपमा कार्यरत रहनु भएको थियो ।

कार्यरत मजदुरलाई धरान उपमहानगरपालिकाका मेयर  साम्पाङले भने उमेरको कारण कामबाट निकालेको वताउँदै आउनु भएको छ ।